काठमाडाैं । काठमाडाैं उत्यकाको तपक्रम माइनसमा झरेको छ । शनिबार विहानको तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको छ । केही दिनदेखि काठमाडौंको तापक्रम घटिरहेको छ ।
तापक्रम शून्यमा पुग्दा अत्याधिक चिसो बढेको छ । शनिबारको तापक्रम यो वर्षको सबैभन्दा कम हो । विहीबार काठमाडाैंको तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियस थियो ।
शुक्रबार भने थोरै बढेर न्यूनतम तापक्रम १ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।
चिसोबाट बालबालिकलाई बचाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।