आज :

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सहमतिमा नआए पेलेरै जाने संस्थापन पक्षको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । शुक्रबार बस्ने बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सस्थापन र अन्य पक्षबीच भानिभुत छलफल हुने नेताहरुले बताएका छन् । काँग्रेसभित्र सहमति जुटाउने दुई सातादेखि जारी प्रयास भने अझै सफल हुन सकेको छैन ।

आन्तरिक विवाद समाधान गर्ने पटक पटकको प्रयास सफल भएसँगै संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ । सहमतिका लागि केन्द्रीय समिति बैठक स्थगित गर्दै आएको संस्थापन पक्ष अब भने असन्तुष्ट पक्षलाई नकुर्ने रणनीतिमा पुगेको नेताहरुले बताएका छन् ।

सहमतिका लागि बिहीबार साँझ उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच भएको छलफल बिना निष्कर्ष सकिएको थियो ।

सहमतिका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै देउवा पक्षका नेताले केन्द्रीय कार्यसमिति बैठक अघि बढाउन दवाव दिएका छन् भने, आफ्ना माग पूरा नभए बैठकमा सहभागी नहुने असन्तुष्ट पक्षका अडान कायमै छ ।

बैठकमा भ्रातृ संस्थाको महाधिवेशन, नेपाल विद्यार्थी संघ, तरुण दलको कार्यकाल थप गर्ने, पूर्णता पाउन बाँकी विभाग, समितिलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal