News Portal

  • सवारी ज्यान मुद्दाका अभियुक्त बिश्रामपुर गाँउपालिकाका अध्यक्ष भेडिहर पक्राउ

    १६४ पटक

    बारा । विश्रामपुर गाउँपालिकाको अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डकको टोलीले गाउँपालिका अध्यक्ष पाललाई आइतबार बिहान ११ बजे पक्राउ गरेको हो ।

    २८ माघ २०६२ मा भएको सवारी ज्यान मुद्दाका अभियुक्त भेडिहरलाई जिल्ला अदालतले २०६३ भदौमा २९ दिन कैद सजाय र २ हजार जरिवानाको फैसला गरेको थियो ।

    फरार सुचीमा रहेका उनलाई पक्राउ गरि अदालत समक्ष पेश गरिएको छ । जिल्ला अदालतबाट भेडिहरलाई कारागार पठाउने आदेश भएकोले वीरगन्ज कारागार पठाइने प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्