आज :

रावल र कोजुलाई काठमाडौं म्याराथनको उपाधि

काठमाडौं । म्याराथनमा पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छिमाया कोजुले जितेका छन् ।

आज ९शनिबार० भएको १३ औँ संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरेका थिए ।

उपाधि जितेपछि रावलले आफ्नो पहिलो म्याराथन भएको र पहिलो पटक नै उपाधि जित्दा खुसी लागेको बताएका छन् ।

म्याराथन कसरी कुद्ने भन्ने नै थाहा नभएको बताउँदै उनले भने, ‘जुत्ता पनि राम्रो थिएन । अरुको १३, १४ हजारको जुत्ता हुन्छ मेरो ३ हजारको जुत्ता थियो ।’ उनले म्याराथनको रुट भने राम्रो नभएको र भोलेन्टियरहरुलाईसमेत रुटका विषयमा थाहा नभएको गुनासो गरे ।

एपीएफकी कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक गरेकी हुन् । उनले आफ्नो होम ग्राउण्ड भएकाले केही सजिलो भएपनि रुटमा अलमल भएको गुनासो गरिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको म्याराथनमा आर्मीकै बेद बहादुर सुनार द्वतिय भए । उनले २ घण्टा ३४ मिनेट २० सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए ।

आर्मीकै ज्ञान प्रसाद भट्टराई २३४ मिनेट ४५ सेकेण्डको समयसहित तेस्रो भए । महिलातर्फ आर्मी क्लबकी सरिता बासी दोस्रो भइन् । उनले ३१९ मिनेट ७ सेकेण्डमा दुरी पूरा गरिन् ।

त्यस्तै निर्जला ताम्राकार ३ घण्टा ४५ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन् । म्याराथन त्रिपुरेश्वरबाट शुरु भएर थापाथली हुँदै कुपण्डोल, पाटन गेट, चाकुपट, युएन पार्क, शंखमुल, बानेश्वर, तीनकुने हुँदै कोटेश्वर चोक घुमेर एयरपोर्ट, गौशाला, पशुपती, रातोपुल, नक्साल, भाटभटेनी, बालुवाटार, लैनचौर, नारायणहिटी, दरबारमार्ग, घण्टाघर, भद्रकाली र सहिदगेट हुँदै त्रिपुरेश्वर रंगशालामा पुगेर सकिएको थियो ।

म्याराथन विजेताले ५० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal