आज :

संसदको हिउँदे अधिवेशन आजबाट, पुस ११ गते सभामुखको निर्वाचन

काठमाडौँ । आजबाट संसदको दिउँदे अधिवेशन सुरु हुने भएको छ । अधिवेशनको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको संसद आह्वान सम्बन्धी पत्र पढेर सुनाइने भएको छ ।

आज अधिवेशन सुरु भएपनि एक हप्‍ताको लागि स्थगित गरिने भएको छ । सभामुखविहीन अधिवेशन उपसभामुखको अध्यक्षतामा बस्नेछ ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिले आगामी पुस ११ गते सभामुखको निर्वाचन गर्ने तय गरेको छ । संसद सचिवालयका अनुसार पुस ११ दिनको १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रकृया सुरु गर्ने गरी सहमति भएकोले जनाएको छ ।

पुस ११ गतेसम्म (नेकपा)ले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ । यसअघि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच संसद अधिवेसन र सभामुख चयन प्रकृयाबारे छलफल भएको थियो ।

  • फाइल फोटो

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal