आज :

विद्या भट्टराईको शपथ भोलि हुँदै

काठमाडौं । मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित नेकपाकी सांसद विद्या भट्टराई अधिकारीको मंगलबार पद तथा गोपनीयताको शपथ हुने भएको छ ।

उनले मंगलबार (भोलि) संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा बिहान ११ बजे उपसभामुख शिवमाया तुम्बहाम्फेबाट शपथ ग्रहण गर्ने छिन् । ‘भोलि विद्या भट्टराई अधिकारीज्यूलाई उपसभामुखज्यूले शपथग्रहण गराउने कार्यक्रम तय भएको छ,’ प्रतिनिधिसभाका सहायक सूचना अधिकारी दशरथ धमलाले भने ।

सभामुख नभएको बेला कसले शपथ ग्रहण गराउने भन्ने विवाद भैरहेको बेला उपसभामुखले पहिलो पटक प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउन लागेकी हुन् ।

संसदको शपथबारे नेपालको संविधानको धारा ८८ मा स्पष्ट उल्लेख छ । ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुन बमोजिम शपथ लिनुपर्ने छ ।’ धारा ८८ मा उल्लेख छ ।

संसदका सदस्यलाई सभामुखले शपथग्रहण गराउने व्यवस्था छ । तर, संविधानको धारा ९१ (४) मा रहेको सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्थालाई टेकेर शपथ खुवाउन लगिएको हो ।

गत मंसिर १४ मा देशका ५२ ठाउँमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कास्की क्षेत्र नं.२ बाट निर्वाचित विद्या भट्टराईबाहेक अन्य ठाउँबाट निर्वाचित सबैले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन शपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख छ । आगामी पुस ४ गतेदेखि प्रतिनिधिसभा संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal