आज :

नेपाल फाईभ पी एक्सपो हुने

काठमाडौं । नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् सम्बन्धित विशेष प्रदर्शनी हुने भएको छ ।

यस किसिमका उद्योग-व्यापार विशेष साझेदारि, नविनतम प्रविधी प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने विशेष अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हुने भएको हो ।

उक्त प्रदर्शनी मार्फत ति ५ विद्यामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरुलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

भारतको पिएचडि च्याम्बर अफ कमर्स, नेपाल च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ् असोसिएसन अफ ईन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल यस नेपाल फाईभ पी एक्सपोलाई सफल पार्न सहयोगी भूमिकामा रहेका छन् ।

नेपालमा कच्चा पदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढी कम्पनीहरुले चाइना, ताइवान, जर्मनी, ईटाली र नेपालका अन्य ५० कम्पनीहरुसँगै प्रदर्शनी गर्ने गर्छन् ।

छिमेकी मुलुकहरुबाट मात्र नभई यूरोप, अफ्रिका र अन्य एशियाली मुलुकहरुबाट प्रदर्शकहरुको सहभागिता रहने छ ।

प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मेसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, कन्टेनर, बिब कक, ईन्डक्सन मोल्डिङ् मेसिन, प्रिन्टिङ् मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, सिलाई मेसिनका उत्पादकहरु, प्याकेजिङ् मेसिनरी, र्याप फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता रहने छ ।

नेपाल फाईभ पि एक्स्पोका आयोजक, फिउचरेक्स ट्रेड फेयर एण्ड ईभन्टस् प्रा.लि.ईन्डिया र मिडिया स्पेस सोलुसन्स प्रालि नेपालले संयुक्त रुपमा रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal