आज :

कालिन्चोक दर्शन गरेर फर्किँदै गरेको बस दुर्घटनाः १४ जनाको मृत्यु, १८ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको सुनकोशी गाउँपालिका – ७ स्थित थुमपाखरमा बस दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा परी अन्य १८ यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार दोलखा कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान दुर्घटना भएको थियो ।

बस कालिन्चोक भगवतीको दर्शन गरी फर्किरहेको थियो । यात्रुबस  रिर्जभ गरिएको थियो ।

मृतकको सनाखत भइनसकेको प्रहरीले बताएको छ भने घाइतेहरुलाई खाडीचौर, धुलिखेल लगायत अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।

बस करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal