आज :

सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन सुरु

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शुक्रबार) बाट सुरु भएको छ ।

दिउँसो ३ बजे सात दोबाटोस्थित खेल मैदानमा सुरु हुने उदघाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा गर्ने छन् ।

घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगमा १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।

लिग अवधिभर ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टिमले उपाधि हात पार्नेछ । यस सिजनमा एउटा क्लब रेलिगेशनमा पर्नेछ । लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ ।

लिगको हरेक खेल जित्ने टिमले बोनस बापत ५० हजार पाउने छ । बराबरी भए १५-१५ हजार पाउनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal