आज :

नेपाली सेना चढेको बस दुर्घटना १७ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको कावासोतीमा सेनाको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन ।

प्रहरीका अनुसार शनिबार विहान ३ : १५ मा दुर्घटना भएको हो । नेपाली सेनाको टोली चढेको ना.६ ख.४०४ नं.को बस सुर्खेतबाट काठमाडौं जाँदै गरेको र बस अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।

बसमा सवार २ जनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते भएका छन् । गम्भीर घाइते दुई जनाको चितवन स्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

अन्यको मध्यविन्दु अस्पतालमा उपचार भइ रहेको र बसमा चालकसहित ४० जना रहेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal