आज :

फर्पिङ दक्षिणकाली बुक लेट सार्वजनिक

  • अनलाइन डबली

 

जातिय संस्कृति अन्वेषक पदम श्रेष्ठद्धारा लिखित फर्पिङ दक्षिणकाली बुक लेट शनिवार दक्षिणकाली नगर प्रमुख मोहन बस्नेतभारा सार्वजनिक गर्नुभएको छ
शाक्त ,शैव र बौद्ध पर्यटन हवको रुपमा प्रवद्धर्बनार्थ लिखित सो पुस्तिका फर्पिङ दक्षिणकाली क्षेत्रको पहिचानलाई उजागर गर्न ठुलो टेवा पुग्ने मेयर बस्नेतले बताउनुभयो ।
सुकुण्डा ल्याय्म्ह पुचःका अध्यक्ष ध्रुव श्रेष्ठको सभापतित्वमा आयोजित सो सभामा उपमेयर बसन्ती डङगोल तामाङ , ९ वडाध्यक्ष अमृका बलामी ,५ वडाध्यक्ष श्यामबहादुर खत्रीको उपस्थिति रहेको थियो । सो विमोचन समारोहमा पुख्र्यौली जमिन नबेचौं ,कृषि पर्यटनलाई ब्यापारमा लगाऔं अभियानका अभियन्ता प्रेमराज बासुकलाले फर्पिङ बस्ती भित्रका ७ टोलमा रञ्जना लिपिको ढुङगे स्तम्भ स्थापना गर्न ३२ हजार रुपियाँ विउ रकम प्रदान गर्नु भएको थियो । सोही अवसरमा फर्पिङग क्षेत्रमा रही विभिन्न रचनात्मक कार्य समाजसेवा गर्दै आईरहनुभएका म्याथ टिचर ध्रुव श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
२२ वर्ष अगाडि सम्पदा संस्कृति बारेको लेख संकलनगरी लिखित पुस्तक नेपाल मण्डल सम्पदा पुस्तकबाट पर्यटन प्रवद्र्धनार्थ , फर्पिङ दक्षिणकाली बुकलेट प्रकाशन गरिएको हो । माताको दर्शनार्थ आउनुहुने भक्तजनहरुलाई यस क्षेत्रमा रहेका धार्मिक सम्पदास्थल भ्रमण गराउने लक्ष्य राखिएको छ । बुक लेटमा गोपालकालिन सम्पदास्थल गोपालेश्वर र नजिकै आदिवासी राजा बाणासुर र उनकी छोरी उषा मैयाँको दरवारको भग्नाबशेष समेटिएकाछन् । त्यसैगरी नेपालकै पहिलो दक्षिण यसियाको दोस्रो विधुत पावर हाउस चन्द्र नहर पोखरी , फर्पिङबासीलाई असाध्य रोग लाग्नबाट बचाउने बज्रयानी धर्म गुरु ओदियानाचार्यद्धारा स्थापित बज्रयोगिनी मन्दिर समेटिएकाछन् । त्यसैगरी बुकलेटमा गुरु गोरखनाथको पदचिन्ह ,असुरा गुफा र त्यो भन्दा माथि प्राचीन दक्षिणकालीको भव्य सम्पदास्थल भ्रमणका लागि सचित्र बर्णन गरिएको छ । फर्पिङ देश भित्रै किरातकालिन राजा पब्बि अर्थात पचली भैरबको दरवार , ३३ कोटी देवी देवताको संयुक्त स्वरुपको मन्दिर झसु भम्केश्वरी र फर्पिङकै सबैभन्दा पुरानो बसु बर्माकालिन शिलापत्र अन्नपुर्ण भगवती मन्दिरको एक कुनामा र अर्को कुनामा राजा जयस्थिति मल्लका छोरा राजा धर्म मल्लको शिलापत्र समेटिएका छन् । फर्पिङलाई ऐतिहासिक ,पुरातात्विक ,सास्कृतिक र आर्थिक उत्थानमा टेवा पुर्याउने उदेश्य राखिएको बुक लेटभित्र फर्पिङबाट ३ कि.मी.मात्र पुर्वोत्तर वलामी झाक्रीद्धारा स्थापित दक्षिण मनकामना ,लिच्छविकालमा उपत्यकाको चार भञ्ज्याङमा स्थापित चार नारायाण मध्ये एक शेष नारायण र संगै दोस्रो बुद्धका रुपमा लिईने महायानी धर्म गुरु पद्मसंभवले समेत सिद्धता प्राप्त गरेको असुरा गुफा रहेको तथ्य सार्वजनिक गरिएको छ । यहि पवित्रताका कारण फर्पिङको डल्लुमा एक सय ८ फिट अग्लो महायानी धर्मगुरु पद्मसम्भवको विशालकाय मुर्ती र सयौ कोठाका ध्यानागार गुम्वा निर्माण हुन सकेको तथ्यबारे उपस्थित बक्ताहरुले बोल्नुभएको थियो । फर्पिङ क्षेत्रका विज्ञ कार्तिक नाच प्रवन्ध समितिका सचिव भरत वलामी , फपिं पर्यटन समितिका अध्यक्ष श्रीकृष्ण मानन्धर ,फर्पिङ जात्रापर्वका जिम्वाल सुरेन्द्र मानन्धरको समेत सुझव, सम्पादन रहेको सो बुकलेट विमोचन समारोहमा शिखरापुर कलेजका प्रिन्सिपल निरोज श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal