
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा बृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको निर्णयानुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य बढाएको हो ।
पेट्रोल, डिजेल र मटीतेलको नयाँ मूल्य बुधबार राति १२ बजेपछि लागु हुने छ ।
मूल्य वृद्धिसँगै काठमाडौं, पोखरा र दिपालमा पेट्रोल प्रति लिटर १६५ रुपैयाँ र डिजेल, मट्टितेल १५६ रुपियाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ ।