आज :

परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ

  • डा.लोकविजय अधिकारी

यस बर्ष २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहँदा हामी भूकम्पको जोखिममै छौं भन्नेमा स्पष्ट हुन्छ । विगत २६ बर्षदेखि प्रत्येक माघ २ गते सुरक्षा दिवस मनाइरहँदा यसको क्षति कम गर्ने विषयमा सोच्नुपर्ने बेला आएको छ । २०९० र २०७२ सालको भूकम्पबाट हामी के स्पष्ट हुनुपर्छ भने हामी जोखिममुक्त हुन सकिरहेका छैनौं । त्यसकारण जोखिम न्युनिकरण गर्नको लागि अथवा क्षति कम गर्नका लागि चनाखो बन्नैपर्छ ।

भूकम्प नेपालमा केन्द्रविन्दु बनाएर आउँदा मात्र हल्लाउने होइन छिमेकी मुलुकतिर गयो भने पनि अथवा हाम्रो सिमाना भन्दा टाढा जाँदा पनि नेपालमा क्षति हुनसक्छ । हालै तिब्बत केन्द्रविन्दु भएर गएको भूकम्पले पनि त्यो पाठ पढाएको छ । यो सामान्य लागेपनि साधारणतय नेपालमा जाने भूकम्पहरु टेक्टोनिक प्लेटको जुधाइको कारण अथवा दुईवटा टेक्टोनिक प्लेटहरु एकआपसमा ठोकिंदा हिमालय क्षेत्रमा त्यसको सिर्जना हुने हो । हाल त्यही प्रक्रिया चलिरहेको छ । जुन प्रक्रिया अहिले पनि चलिरहेको छ । त्यही सिलसिला मध्ये हिमालय भन्दा उत्तरतर्फ इन्डियन प्लेट र युरोसिन प्लेटको जुधाइ अथवा इन्डियन प्लेटको मुनी युरोसिन प्लेट छिर्दा शक्ति संचय हुन्छ ।

अर्को भनेको उत्तरतर्फ रहेको युरोसिन प्लेटको आफ्नै गति हुन्छ त्यसले नेपालमा जाने भूकम्प र उत्तरतिर जाने भूकम्पको प्रकिया फरक हुन्छ । नेपालमा जाने प्रकिया एकआपसमा जुध्दाखेरी उत्तरतर्फ रहेको हिमालयको भाग ठुलो भूकम्प जाँदा त्यो दक्षिणतर्फ सर्छ भने तिब्बतमा गएको भूकम्प साधारण प्रकृतिको नै रहेको देखिन्छ । तिब्बतका भूकम्पहरु साधारण प्रकृतिको नै हुन्छ । त्यो विपरीत दिशामा हुनेखालको हुन्छ । हिमालयहरुमा जाने भूकम्पहरु भन्दा कमजोर पनि हुन्छन् । तिब्बततिर धेरै गहिराइमा पनि जाने हुन्छन् किनभने इन्डिएन प्लेट तिब्बततिर पुग्दा धेरै गहिराइमा जान्छ । नेपालमा भन्दा त्यसको गहिराइ तल हुन्छ । तर यस पटक चाहीं दुर्भाग्यवस धेरै माथि केन्द्रबिन्दु बनाएर आयो । जसले क्षति गरायो ।

नेपालमा भूकम्पको जोखिमको कुरा गर्दा हिमालयको मात्र गरेर हुँदैन् । नेपालमा भूकम्प कति गएका छन् भनेर ऐतिहासिक तथ्याङ हेर्ने हो भने १२५५ इस्वी संबतमा गएको सबैभन्दा पुरानो तथ्याङ छ । जुन भूकम्पमा परी अभय मल्ल राजाको मृत्यु भएको थियो । त्यसभन्दा पछाडि वा अगाडीको भूकम्पहरुका बारेमा जानकारी छैन् । त्यसपछि ९० र ०४५ सालको पुर्वी नेपालमा भएको देखिन्छ । मध्य नेपालमा भने सोह्रौ र अठारौ शताब्दीमा अर्थात १८९० मा गएको पाइन्छ । चौधौ शताब्दीमा पनि भूकम्प गएका छन् । त्यसपछि ०७२ सालमा अढाइ बर्षको अन्तरालमा मध्यम खालका भूकम्पहरु गए । त्यस्तै पश्चिमतिर करिब पाँचसय बर्ष अगाडिको मुस्ताङ केन्द्रबिन्दु बनाएर महाभूकम्प गएको देखिन्छ । यि सबै तथ्यांकहरुले हामी भुकम्पीय जोखिममा अहिले मात्र होइन विगतदेखि नै रहेछौ भन्ने देखाउँछ ।

भूकम्प जब हिमालय क्षेत्रमा बन्ने प्रकृया सुरु भयो त्यो चाहीं पाँच करोड पहिलेदेखिको प्रकृया हो । त्यही प्रक्रिया अहिलेपनि चलिरहेको छ । यो अझै करोडौं बर्ष चल्छ । त्यसले गर्दा हामी सदैव नेपाल भुकम्पीय जोखिममा रहिरहन्छ ।
सचेतनाको कुरा गर्दा विश्वमा के भइरहेको छ भन्ने कुराहरु हेनुपर्छ । संसारको सबैभन्दा ठुलो भूकम्प चिलीमा १९६०मा गयो । ९.५ म्याग्निच्युटको भूकम्प थियो । त्यसपछि गोरखा केन्द्रविन्दु भएर भूकम्प गयो । मानवीय क्षति र थोरै भौतिक क्षति भएको देखिन्छ । त्यसैगरी गोरखा भुकम्प भूकम्प जस्तै न्युजरल्याडमा जाँदा दुई जना मानिसको मृत्यु भयो तर हाम्रोमा करिब नौं हजारको मानवीय क्षति भयो । नेपालमा गइरहेका भुकम्पले मानवीय र भौतिक क्षति पुर्याइरहेको छ ।

अहिलेसम्मको क्षतिको विवरण हेर्दा पुर्वतयारी पुगेको छैन् विशेषत भूकम्पका लागि हामी कहिले पनि तयारी भएनौं । परापुर्व कालदेखि जुन क्षति भइरहेको थियो त्यसबाट पाठ सिक्नुपर्ने हो । तर हामी सचेत हुन सकेका छैनौं । जोखिम न्युनिकरणमा गरेका कामहरु कम भएको देखिन्छ । त्यस्तै गरेर ७२ सालको भुकम्पपछि चाहीं जनताहरु धेरै सुसुचित भइसकेका छन् । सबैलाई भूकम्प जान्छ त्यसबाट कसरी बच्ने भन्ने कुरामा छलफल भएको पाइन्छ । राज्यबाट नीति नियमहरु धेरै बनिसकेको छ । हुनत भूकम्प जाँदाखेरी हामीले बनाएका संरचनाले नै क्षति गर्ने हो ।

क्षति कम गर्नका लागि भवन आचारसंहिता बनिसकेको अवस्था छ । तर यति हुँदाहुँदै पनि जाजरकोट र बझाङमा भूकम्प जाँदा पनि सोचेको भन्दा धेरै ठूलो क्षति भयो । यि सबै कुराहरु हेर्दा ९० र ०७२ सालको भूकम्पपछि जनताहरु सचेत त भएको देखिन्छ तर सिमित सहरी र सुगम क्षेत्रमा मात्र त्यो चेतना छ । जाजरकोट, रुकुम, बझाङ जस्ता ठाँउमा पुग्नुपर्ने सूचना नपुगेको अनुभव हुन्छ ।

यसमा स्थानीय तह सबैभन्दा बढी जागरुक हुनुपर्छ । किनभने हामीले जति नियम कानून बनाउँछौ,त्यो जनताको दैलोसम्म पु¥याउने स्थानीय निकायले हो । त्यसकारण स्थानीय निकाय सक्रिय भएर काम गरे बढी प्रभावकारी हुन्छ । जनतामा भूकम्प आउन सक्छ, म जोखिममा छु भनेर थाहा पाउनुपर्छ र सुरक्षित हुनुपर्छ भन्ने ज्ञान आवश्यक छ । जबसम्म जानकारीबोध जनमानसमा हुदैँन् तबसम्म जनता सुरक्षित हुँदैनन् ।

भूकम्पसम्बन्धी जानकारी, भूकम्पबाट हुने क्षति न्यूनिकरण गर्न के गर्नुपर्छ भन्ने कुराहरु सिकाउनका लागि स्कुल तहदेखि नै अन्य पाठ्यक्रमसँगै भूकम्पको बारेमा पनि पढाउनुपर्छ । त्यसमा सबैभन्दा ठूलो कुरा भूकम्प गइसकेपछि कस्तो खालको व्यवहार गर्ने भन्ने कुरा सिकाउनको लागि र अभ्यास नियमति रुपमा गराउन सक्यौ भने भूकम्प जाँदा आत्तिन पर्दैन् होला र भूकम्प प्रतिरोधात्मक घर बनाउनु पर्छ भनेर पनि भन्न पर्दैन् होला ।

भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु पर्दैन् भन्ने कुराहरु सूचनाका रुपमा आइ नै रहेका छन् । सरकारले कति गर्ने हो भन्ने कुरा हो । एउटा भवन आचारसंहित बनाएर लागू भएको वर्षौ भइसक्यो । गत वर्ष फेरि त्यसलाई सुधार गरेर लागू गरिएको छ । यो भनेको भूकम्पबाट हुने क्षतिलाई कम गर्नको लागि यसरी संरचना निर्माण गर्नुपर्छ है भन्ने कुरा त कानूनका रुपमा लागू भइ नै सक्यो ।
जोखिममा भएका घर र संरचनाहरु कुनै छन् भने त्यसलाई सबलीकरण गर्ने कुरामा सरकारले गर्न सक्ला भन्दैगर्दा देशको आर्थिक अवस्था हेर्ने हो भने त्यो सम्भव पनि नहोला । त्यसमा राज्यले गर्नपर्ने कुरा ७२ पछिको भूकम्पमा ऐन कानून एवम प्राधिकरण नै बनिसकेको अवस्था छ । राहत वितरण, उद्धार कार्यमा सरकारले राम्रो काम गरेको कुरा देखेका छौ ।
तर संरचनाहरु तुरुन्तै बनाइदिने र छाडिदिने गर्दा आवश्यक परेको बेला तुरुन्तै त्यसले काम गर्न नसक्ने अवस्था पनि देखिएको छ । सरकार र नीजि क्षेत्रबाट पनि भूकम्पको क्षति न्यूनीकरण कार्य भूकम्प दिवस अथवा कुनै घटनाको सेरोफेरोलाई पारेर मात्र बढि सक्रिय हुने गरेको देखिन्छ । यो कुरालाई हटाउनुपर्छ र सरकारले अध्ययन, अनुसन्धानमा बढी ध्यान नदिएको जस्तो पनि देखिन्छ । त्यसबाहेक भइरहेका कुरा लागू गर्ने विषयमा पनि सरकारको कमजोरी भएको छ ।

हाम्रो देश यस्तो ठाँउमा छ, जहाँ भूकम्पीय शक्ति सञ्चित हुन्छ । त्यो भन्नुको अर्थ कुनै न कुनै समयमा यहाँ ठूलो भूकम्प जान्छ । लामो समयको लागि कुनै गतिविधि भएको छैन् भन्दैमा जोखिम नभएको होइन् । हामीसँग विभिन्न समयमा भूकम्प गएको धेरै इतिहासहरु छन् । यि कुराहरु दोहोरिरहेका छन् । त्यसैले क्षति गर्ने नै हो भन्ने कुरा हामीले मनन् गर्नुपर्यो र भूकम्प जाँदा डराउने होइन् त्यसको क्षति कम कसरी गर्ने भन्नेतर्फ सबैले ध्यान दिनुपर्छ ।

भूकम्प जाँदा के गर्ने, कसरी काम गर्ने भन्ने बारेमा अन्य ठाँउमा अध्ययनहरु भइसकेको छ । प्राविधिक तयार भई सकेका छन् । ति प्राविधिहरु हाम्रो देश अनुकुल प्रयोग गर्न सक्नुपर्छ । यही हिसाबले सबैले काम गरौं ।

भूकम्पले गर्ने क्षति भनेको दुई किसिमको हुन्छ । एउटा मानविय र अर्को भौतिक क्षति हो । मानविय क्षति मानवले निर्माण गरेका भौतिक संरचनाहरुले नै गराउँछ । त्यसकारण सबैभन्दा पहिला हामीले बनाउने संरचनाहरु नै बलियो बनाउनुपर्छ तर त्यो बनाउनको लागि पनि अध्ययन अनुसन्धान देशभित्रै गर्यौं भने मात्र सम्भव हुन्छ । त्यस आधारमा संरचनाहरु बनाए मात्र जोखिम न्यूनिकरण गर्न सक्षम हुन्छौं ।

हामीले भूकम्प सम्बन्धी तथ्य सूचना जनतामा पु¥याउन सक्यौं भने जनतालाई अस्वस्थ्य पार्न पनि सकिन्छ । यसो गर्न सके भविष्यमा हुने क्षती कम गर्न सक्छौ ।

९० सालको भूकम्पको नाम नै ‘बिहार–नेपाल’ छ किनभने त्यो बेला नेपाल र भारतमा केन्द्रविन्दु पत्ता लगाउन सक्ने व्यवस्था थिएन । त्यसमध्ये भूकम्पले करिब १६ हजार मानिसको ज्यान लियो । त्यसमध्ये ८ हजार बिहारमा मृत्यु भएको मानिसको संख्या थियो । नेपालको विभिन्न ठाँउ गरेर ८ हजार मानिसको मृत्यु भएको थियो भने भारतको एउटै ठाँउमा बिहारमा ८ हजारको मृत्यु हुँदा ९० सालको भूकम्पलाई नेपाल बिहार भूकम्प भनेर नाम दिइएको हो । हाम्रो भौगोलिक अवस्थाको कारण महाभूकम्पहरु उत्तरी क्षेत्र हिमालयको मुनि केन्द्रविन्दु जान्छन् । तर त्यो पहाडको चट्टान कता सर्छ भन्दा दक्षिणतर्फ चुरेसम्म सर्छ । महाभूकम्प आफैमा ठूलो भयो र चुरेसम्म पुगेर जमिन चिरा पार्दा सबैभन्दा बढि खतरा र क्षति बढि हुन्छ । नेपालमा हुने महाभूकम्पको क्षति सबैभन्दा बढि पहाडमा हुन्छ ।

(खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal