News Portal

  • बाघको छाला र हड्डीसहित शाही पक्राउ

    १९१ पटक

    काठमाडौं । बाघको छाला १ थान र हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    चामुण्डाबिन्द्रासैनी नगरपालिका-४ तिलुकाना बस्ने ६८ वर्षिय शिब बहादुर शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ हो ।

    कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घरमा लुकाई-छिपाई राखेको उक्त छाला तथा हड्डी फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्