आज :

नेपाल मानव विकास सुचकाङ्कमा १४७ औं स्थानमा

काठमाडौं । मानव विकास सुचकाङ्कमा नेपाल १४७ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ ।

७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको मानव विकास प्रतिवेदनमा एसिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधार भएपनि नेपाल जस्तो मुलुक मध्यम मानव विकास सूचकाङ्कको श्रेणीमा परेको उल्लेख छ ।

समग्र एसिया प्रशान्तमा मानव विकासमा असन्तुलित जोखिमको खतरा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा दक्षिण एशियामा सबैभन्दा दु्रत गतिमा मानव विकासको प्रगति भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार दक्षिण एसियाको मानव विकासको सूचाक ४६ प्रतिशतले बढेको छ । एसिया प्रशान्तमा सबैभन्दा बढी वृद्धिदर हाँसिल गर्नेमा आयरल्याडपछि थाइल्याण्ड दोस्रोमा रहेको छ । प्रतिवेदनमा दक्षिण एसियामा १० मध्ये ४ मानिसमा सरसफाईको सुविधा नपुगेको उल्लेख छ भने गरिब समुदायमा जलवायु परिवर्तनको जोखिम रहेको उल्लेख गरिएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले मानव विकास सुधारका लागि सरकारले १० वर्षे कार्ययोजना बनाएर काम गरिरहेको बताए । उनले ज्ञान र प्रविधिको विकास र पहुँच बढेसँगै मानव विकासको सूचकमा समेत सुधार हुने बताए ।
मानव विकास सुचकाङ्कमा नेपालले सन २०१८ का लागि ०.५७९ अंक प्राप्त गरेको छ ।

सन १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सूचकाङ्क मूल्य ०.३८० देखि ०.५७९ सम्म बढेको छ ।
यो अवधिमा नेपालमा जन्मदरको औसत आयु १६.१, विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । विश्वमा मानव विकास सूचकाङ्कमा नर्वे ०.९५४ अंक सहित सबैभन्दा अगाडी छ ।

स्वीजरल्याण्ड ०.९४६ अंक सहित दोस्रो स्थानमा रहेको छ । सबैभन्दा अन्तिम १८९ स्थानमा ०.३७७ अंकसहित पश्चिमी अफ्रिकी मुलुक नाइजर रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal