आज :

ग्लोबल आईएमई देशकै ठूलो वाणिज्य बैंक

काठमाडौं । ग्लोबल आईएमई र जनता बैंकको अर्थमन्त्री डा.युवराज खतिवडाले बिग मर्जरको औपचारिक शुभारम्भ गरेका छन् ।

आज (शुक्रबार) बिहान भएको कार्यक्रममा उनले ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणासँगै एकीकृत कारोबार सुरु भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई आपसमा गाभ्ने नीति लिएसँगै ‘क’ वर्गका यी दुई बैंक आपसमा गाभिएर २ वाणिज्य बैंक गाभिएपछि अब ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७ मा झरेको हो ।

२ वटा बैंक गाभिएसँगै ग्लोबल आइएमई बैंक देशकै ठूलो वाणिज्य बैंक बनेको छ । ग्लोबल आईएमई २० अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउने पहिलो बैंक हो । मर्जरपछि बैंकमा १ खर्ब २५ अर्ब निक्षेप पुगेको छ भने कर्जा प्रवाह करिब १ खर्ब रूपैयाँ बराबर भएको छ ।

३ सय शाखा र २५९ एटीएम रहेको बैंकले जनाएको छ । बैंकका अनुसार कुल ग्राहक संख्या २० लाख नाघ्ने छन् । जनतासँग मर्जअघि ग्लोबलले वाणिज्य बैंक कमर्ज एन्ड ट्रष्टसहित ११ संस्था मिसाइसकेको छ ।

यस्तै, जनता बैंकमा पनि ७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी मिसिएका छन् । मर्जरपछि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत प्रशुराम कुँवर क्षेत्री एकीकृत बैंकको सीईओ र ग्लोबल आईएमईकै अध्यक्ष चन्द्रप्रसाद ढकाल एकीकृत बैंकको अध्यक्ष छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal