News Portal

  • आजदेखि ग्लोबल आईएमई र जनता बैंक मर्जर, एकीकृत कारोबार शुरु

    ३१७ पटक

    काठमाडौं । ग्लोबल आईएमई बैंक र जनता बैक मर्ज भएपछि आज (शुक्रबार)देखि एकीकृत कारोबार सुरु हुँदैछ ।

    शुक्रबार बिहान विशेष कार्यक्रमका साथ एकीकृत कारोबार सुरु गर्न लागिएको ग्लोबल आईएमई बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बिग मर्जरका लागि निर्देशन दिएसँगै पहिलो पटक दुई वटा वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबार सुरु हुन लागेको हो ।

    ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल सञ्चालक समिति अध्यक्ष र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत प्रशुराम कुँवर क्षत्री हुने सहमतिमा ग्लोबल आइएमई बैंकले जनता बैंकलाई मर्ज गराएको हो ।

    मर्ज हुँदा ग्लोबल आइएमईको १०० कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता हुने गरी मिलाइएको छ ।

    प्रतिकृया दिनुहोस्