आज :

२ लाख ५० हजार ज्येष्ठ नागरिक स्वास्थ्य बिमाको दायरामा

काठमाडौं । ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई नि – शुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने सरकारको योजना अनुरुप २ लाख ५० हजार ज्येष्ठ नागरिकले नि : शुल्क उपचार पाउने भएका छन् ।

गएको जेठ महिनादेखि सुरु भएको कार्यक्रमबाट ज्येष्ठ नागरिकहरुले एक लाखसम्मको नि : शुल्क स्वास्थ्य उपचार प्राप्त गरेका छन् ।

आर्थिक वर्ष २०७५-७६ मा ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई नि : शुल्क रुपमा स्वास्थ्य उपचार प्रदान गर्ने घोषण गरिएको थियो । सोही अनुसार गएको चैत्रमा ज्येष्ठ नागरिकलाई नि : शुल्क स्वास्थ्य उपचार गराउने नियमावली बन्यो र वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यक्रमको सुरुआत गरेका थिए ।

१ लाखसम्मको स्वास्थ्य उपचार प्राप्त गर्ने यस कार्यक्रमबाट हालसम्म २ लाख ५० हजार ज्येष्ठ नागरिकले सेवा लिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । मासिक ३ हजार भत्ता पाइरहेका ज्येष्ठ नागरिकलाई वार्षिक एक लाखसम्मको स्वास्थ्य उपचार प्राप्त गर्ने व्यवस्था गरिएको हो ।

जसमा परिवारभित्र नै रहेका ज्येष्ठ नागरिकको बिमा रकम परिवारले तिर्ने तर परिवार नभएका ज्येष्ठ नागरिकको बिमा भने सरकारले गरिदिने व्यवस्था छ । जसमा एकजना ज्येष्ठ नागरिकले एक लाखसम्मको छुट्टै सेवा प्राप्त गर्ने बोर्डका निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिए ।

२०७२ साल चैत महिनादेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म ४९ जिल्लाका २४ लाख व्यक्तिले सेवा लिइसकेको बोर्डले जनाएको छ । सरकारले गरिबीको रेखामुनि रहेका परिवारलाईसमेत नि :शुल्करुपमा स्वास्थ्य बिमा गराउन सुरु गरेको छ ।

जसमा हालसम्म २६ जिल्लाका व्यक्तिहरु समेटिएको बोर्डले जनाएको छ । गरिबीको परिचयपत्र पाएका व्यक्ति मात्र स्वास्थ्य बिमाको दायरामा आएका हुन् । आकस्मिक, ओपीडी, सामान्य शल्यक्रिया परीक्षणलगायतका सेवा मात्र स्वास्थ्य बिमाले तोकेको छ ।

जटिल खालका रोग बिमाले नतोकेकाले स्वास्थ्य बिमाप्रति मानिसको आकर्षणसमेत घट्दै गएको छ ।
ज्येष्ठ नागरिकले नि : शुल्क स्वास्थ्य उपचार प्राप्त गरे पनि जटिल रोगहरुको उपचार नि : शुल्क नहुँदा यो कार्यक्रमप्रति प्रश्न उठेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal