आज :

सागमा नेपाललाई ३ स्वर्ण पदक

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपाल ३ स्वर्ण पदक जितेको छ ।

कराँतेमा मण्डेकाजी श्रेष्ठले कराँतेको एकल पुरुष विधामा स्वर्ण जितेर नेपाललाई तेह्रौं सागमा पहिलो स्वर्ण दिलाए ।

सेमीफाइनलमा पाकिस्तानका नेमतुल्लाहलाई हराएर फाइनलमा पुगेका उनले स्वर्ण पदकको स्पर्धामा पनि पाकिस्तानी खेलाडीलाई पराजित गरे । त्यसैगरी कमल श्रेष्ठले नेपाललाई अर्को स्वर्ण पदक दिलाएका छन् ।

उाले भारतका राहुल जैनलाई पराजित गर्दै दोस्रो स्वर्ण दिलाए । तेकान्दो पुम्से इभेन्ट्समा उनले ८.२७० अंक बटुल्दै स्वर्ण पदक जिते ।

नेपाल टिमले तेस्रो स्वर्ण हात पारेको छ । नेपालकी निर्मला तामाङ, सरु कार्की र संगिता मगरले टिम काँतामा स्वर्ण दिलाए । नेपालले २४.८८ अंक प्राप्त गर्दा पाकिस्तान २३.३ अंकमा सिमित भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal