आज :

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, मृगौला प्रत्यारोपणको तयारी हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियो भास्कुलर केन्द्रले जनाएको छ ।

‘एपेन्डिसाइटिस’ भएपछि गत मंगलबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सोही दिन अपरान्ह एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि प्रधानमन्त्री स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उनको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भूटानी प्रधानमन्त्री डाक्टर लोटे छिरिङले पनि स्वास्थ्यलाभको कामना गरेका छन् ।

त्यसैगरी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर उपमहानगरपालिकाकी मेयर रेणु दाहालले आइतबार मनमोहन कार्डियो भास्कुलर केन्द्र त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

स्वास्थ्यमा सुधार आएसंगै मृगौला प्रत्यारोपणको तयारीसमेत भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
धेरैपटक डायलसिस भएकाले जतिसक्दो चांडो मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको सल्लाह छ ।

यस अघि सिंगापुरमा नियमित परिक्षण र उपचार गर्दै आएकाले मृगौला प्रत्यारोपण अमेरिका वा रुस कुन देश र कुन अस्पतालमा गर्ने ? भन्ने निक्र्यौल नभएको सचिवालयले जनाएको छ । त्यसैगरी, मृगौलादाताको पनि निधो नभएको सचिवालयले जानकारी दिएको छ ।

तर, चिकित्सकको सल्लाह र सहयोगमा जतिसक्दो छिट्टै मृगौला प्रत्यारोपण गर्ने तयारीमा चिकित्सकसहित सचिवालय लागि परेको छ । सचिवालयका अनुसार आगामी हप्ता मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री देशबाहिर जाने तयारी हुँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal