आज :

नेपालले वातावरणिय असरको क्षतिपूर्ति माग गर्नुपर्छः विज्ञहरु

काठमाडौं । हालै काठमाडौंमा भएको विकास र वातावरणिय प्रभाव विषयक एक गोष्ठिमा अधिकांश वक्ताहरुले औद्योगिक राष्ट्रहरुसँग नेपालले क्षतिपूर्तिको माग गर्नुपर्ने धारणा राखेका छन् । १० ओटा विभिन्न गैह्र–सरकारी संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गरेको एकदिने गोष्ठिमा सरोकारवालाहरुले हाम्रो देशलाई पारेको प्रभावको विषयमा दह्रोसँग कुरा उठाउनु पर्ने अवस्था आएको बताए ।

सो गोष्ठिमा राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीले विश्व औद्योगिक राष्ट्रहरु भौतिक विकासको होडबाजिमा लागेको र त्यसको अप्रत्यक्ष–प्रत्यक्ष असरको कुनै आँकलनमासमेत कुनै ख्याल नराख्नु मानव लगायत सम्पूर्ण प्राणीमाथि बिकराल खतराको विषय भएको बताए । डा.ओलीले नेपालले वातावरणिय प्रभावमा खासै ठूलो क्षति पर्ने कार्यमा आफू सहभागि नभए पनि अरुको कारण नेपालले पनि ठूलो क्षति बेहोरिरहेकोप्रति चिन्ता व्यक्त गरे ।

dav

त्यसैगरी आयोजक संस्था किर्डाक नेपालका कार्यकारी निर्देशक गोबिन्द शाहीले भौतिक विकास र समृद्धिको नाममा औद्योगिक राष्ट्रहरुले प्राकृतिक स्रोत र साधनको अत्याधिक दोहनको सीधा असर हाम्रो जस्तो राष्ट्रलाई परेको धारणा राखे । नपत्याउने ढंगबाट दिनदिनै भएको वातावरणिय परिर्वतनको बिनाकारण नकारात्मक असरको भागिदार नेपाल हुनुहँुदैन भन्दै निर्देशक शाही अगाडी भन्छन, “नेपालले पेरिसमा हुने आउँदो विश्व वातावरण सम्मेलनमा क्षतिपूर्तिको माग गर्नुपर्छ, उनिहरुकोकारण हाम्रो हिमाल पग्लेको बारे अन्तर्राष्ट्रिय जगतलाई झकझक्याउनु पर्छ ।” शाहीले नेपालमा पनि वातावरणिय प्रभावको विषयलाई जनस्तरमा जोडदारले उठाउनु पर्ने बेला आएकोसमेत धारणा राखे ।

आगामी डिसेम्बर २ देखि १४ सम्म पेरिसको मेड्रिड शहरमा हुने विश्व वातावरण सम्मेलनमा १ सय ९० देशका राष्ट्र प्रमुखहरुको उपस्थितिमा हुने बताइएको छ । उक्त सम्मेलनमा नेपालले मुलरुपमा के मुद्धालाई प्राथमिकता दिने भन्ने विषयमा सो गोष्ठिमा छलफलसमेत भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal