
काठमाडौं । सिरियाको युद्धमा फसेका बेलायतका बालबालिकालाई घर फर्काइएको बेलायती विदेश मन्त्रालयले जनाएको छ ।
सिरियमा इस्लामिक स्टेट विद्रोही पराजित भएपछि उनीहरुलाई त्यहाँबाट स्वदेश फिर्ता ल्याइएको बालबालिकाको पहिलो समूह हो ।
एक परोपकारी संस्थाले सिरियामा फसेका सबै ब्रिटिस बालबालिकालाई घर फर्काउन आग्रह गरिरहेका छन् । विदेशमन्त्री डोमिनिक राबले ती अबोध बालबालिकालाई युद्धभूमिको त्रास भाग्न बाध्य बनाइएको भन्दै खेद प्रकट गरेको बीबीसीले जनाएको छ ।
उनले ती बालबालिकाको गोपनियताको अधिकारको सम्मा गरिनेसमेत बताएका छन् । गत मार्चमा इस्लामिक स्टेट पराजित भएपछि त्यहाँ रहेका विदेशी त तिनीहरुका बालबालिकाको भविष्यबारे विभिन्न प्रश्न उठिरहेको बताइएको छ ।
फ्रान्स, डेनमार्क, नर्वे र काजकास्तानमा आइएसलाई सहयोग गर्न सिरिया पुगेका विदेशीहरु यसअघि नै आफ्नो देश फिर्ता भइसकेका छन् । सेभ द चिल्ड्रेनका अनुसार अझै ६० जना बेलायती बालबालिका सिरियामै फसेका छन् ।
नेदरल्याण्ड्सको एक अदालतले भने ६० जना डच बालबालिका स्वदेश फर्काउन सिरिया सरकार बाध्य नहुने फैसला सुनाएको छ ।