आज :

ट्रम्पको दावी, आफूविरुद्ध महाअभियोग नलाग्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले आफूविरुद्ध महाअभियोग नलाग्ने दावी गरेका छन् ।

अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा सार्वजनिक सुनुवाई भइरहेका बेला यस्तो धारणा उनले सार्वजनिक गरेका हुन् ।

एक अन्तरवार्तामा राष्ट्रपति टम्पले आफूमाथि लगाइएका आरोपमा सत्यता नभएको दावी गरेका छन् । उनले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्दीमाथि छानविन गर्न दवाव दिइएको भन्ने आरोपमा सत्यता नभएको दोर्हायाए ।

जो वाइडेनविरुद्ध छानविनका लागि उनले युक्रेनमाथि दवाव दिएको भन्दै संसदको तल्लो सदनले महाअभियागका लागि प्रमाण जुटाउन सार्वजनिक सुनुवाइ गरिरहेको छ । यसअघि युक्रेनका लागि अमेरिकी राजदुत मेरी यावानिचले आफूमाथि अनावश्यक आरोपलगाएको प्रतिक्रिया दिएका छन् ।

उनले राजदुत यावानिचले राम्रो काम नगरेकाले फिर्ता बोलाइएकोसमेत दावी गरेका छन् । छानविनका लागि संसदीय समितिले विभिन्न व्यक्तिहरुसँग छलफल गरिरहेको छ । राष्ट्रपति ट्रम्पमाथि युक्रेनका राष्ट्रपति बोल्डामिर जेलेन्स्कीसँग पटक पटक टेलिफोन संवाद भएको आरोप छ ।

जसमा आफ्ना समकक्षी पूर्व अमेरिकी उपराष्ट्रपति जो बिडेन र उनका छोरा हन्टरमाथि अनुसन्धान गर्न दवाव दिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal