आज :

सरकार छोडेर आन्दोलनको तयारीमा उपेन्द्र-बाबुराम !

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठनप्रति असन्तुष्ट बनेको समाजवादी पार्टीले सरकार छोड्ने तयारी गरेको छ । पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलाई नसोधेरै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै समाजवादी पार्टीले विरोध जनाउँदै आएको छ ।

पार्टीका अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले यसअघि नै मन्त्रिमण्डल पुनर्गनप्रति आपत्ति जनाइसकेका छन् । उपप्रधान तथा स्वस्थ्य मन्त्रालयको जिम्मेवारी समाल्दै आएका यादव भारत भ्रमणमा रहेको बेला प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गन गरेका थिए । यादवले भारतबाटै त्यसको विरोध जनाइसकेका छन् । प्रधानमन्त्री ओलीमा सामान्य राजनीतिक संस्कारसमेत नभएको टिप्पणी गर्दै समाजवादी पार्टीका नेताहरुले सार्वजनिक रुपमै बताउन थालेका छन् । उनीहरुले अपमान सहेर सरकारमा नबस्ने बताइसकेका छन् ।

प्रधानमन्त्री ओलीले यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालय पुर्याइएको र पूर्वसहमतिविपरीत आफूहरुले तीन मन्त्री पाउनुपर्नेमा एकजना हटाइएको भन्दै समाजवादीले अबपनि संविधान संशोधनको विषय अघि नबढे सरकार छाड्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्रीले समाजवादीले पाएको एक राज्यमन्त्रीलाई पनि हटाइसकेका छन् ।

अब समाजवादी पार्टीले संविधान संशोधनको विषयलाई जोडतोडका साथ उठाउने र त्यसो नभए सरकार छाडेर आन्दोलन गर्ने रणनीति बनाउन लागेको छ ।
पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनको विषय अघि नबढे सरकार छाड्ने बताए ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal