आज :

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ भिमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अर्को एकजना घाइते भएका छन् । बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको को ४ प ३८३६ नं.को मोटरसाइकल मदन भण्डारी स्मृति लोकमार्गको भिमाखण्डमा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुनसरीको कालाबन्जर गाउँपालिका ३ का २३ वर्षिय दिपक बिकको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दिपकका दाजु २४ वर्षिय रमेश बिक घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

उनलाई थप उपचारका लागि अन्यत्र पठाइएको छ । घाइते दुबै जनाको प्राथामिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार हुँदै गर्दा चालक दिपकको ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal