News Portal

  • मोटरसाइकलकोे ठक्करबाट पैदलयात्रीको मृत्यु

    २६१ पटक

    सल्यान । मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ ।

    सल्यानको श्रीनगरबाट दाङ जाँदै गरेको रा ४ प २४२४ नं.मोटरसाइकलले ठक्कर दिंदा शारदा नगरपालिका ९ की ८० वर्षिय बालिका विष्टको मृत्यु भएको हो ।

    सोमबार छत्रेश्वरी गाउँपालिका ६ लान्तिबजारमा बाटो काट्ने क्रममा वृद्धालाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

    घाइते विष्टको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्