गोरखा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गोरखा प्रतिनिधिसभा क्षेत्र नं. २ बाट नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य तथा युवा नेता राजु थापा खुला तर्फ महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
१५औँ महाधिवेशनको वडा अधिवेशनबाटै क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका थापा क्षेत्रीय अधिवेशनबाट पनि खुला तर्फ महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। वडा तहदेखि महाधिवेशन प्रतिनिधिसम्मको उनको यो निरन्तर निर्विरोध चयनले पार्टीको संगठनात्मक प्रक्रियामा उनको प्रतिनिधित्वलाई थप विस्तार गरेको छ।
गोरखा–२ बाट राजु थापासहित खुला तर्फ १० जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुने अन्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, मोहनप्रकाश पोखरेल, प्रकाशचन्द्र दवाडी, दीपकबाबु कँडेल, ईमानसिं बस्नेत, गोविन्द गुरुङ, सलाउद्दिन मियाँ, बलराम खड्का र भागवत रेग्मी रहेका छन्।
राजु थापाको महाधिवेशन प्रतिनिधिका रूपमा चयनसँगै गोरखा–२ बाट युवा पुस्ताको प्रतिनिधित्व पनि कांग्रेसको राष्ट्रिय महाधिवेशन तहसम्म पुगेको छ।


अनलाइन डबली

