आज :

गोरु काटेर खाने ४ जना पक्राउ

काठमाडौं । गोरु काटेर खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

काठेखोला गाउँपालिका-१ पालाका ४ जनाले पालाकै चिहानडाँडामा गोरु काटेर खाएको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४७ वर्षिय यामबहादुर सार्की, २९ वर्षिय रेशम सार्की, २४ वर्षिय आइते किसान र १८ वर्षिय रवि किसान पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट गोरु काट्नका लागि प्रयोग भएका बन्चरो र दाउरा पनि बरामद गरेको प्रहरी नायब उपरिक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए । उनीहरुलाई पशुवधसम्बन्धी कसुरमा मुद्दा चलाईनेछ ।

गाई गोरु मार्न र काट्न कानूनले निषेध गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal