आज :

२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै

  • अनलाइन डबली

भैरहवा । भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलाको साथबाट सशस्त्र प्रहरीले एक किलो सुन बरामद गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा विशेष सुराकीका आधारमा गरिएको जाँचका क्रममा ठूलो परिमाणमा सुनका गरगहनासहित प्रहरीले महिलालाई नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले बुधबार राति करिब ८ बजे भारतबाट नेपाल प्रवेश गर्दै गरेकी काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेललाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी नायब निरीक्षक लालबहादुर केसीको कमाण्डमा तीन प्रहरी सदस्यको टोलीसमेत बोलाएर संयुक्त रुपमा खानतलासी गर्दा उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुबाट निर्मित विभिन्न प्रकारका गरगहना बरामद भएको डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराइले बताए ।

भट्टराईका अनुसार बरामद गरगहनाको कुल तौल २ किलो ६०५ ग्राम रहेको थियो । त्यसलाई सुनचाँदी व्यवसायी संघ रुपन्देहीमार्फत परीक्षण गराउँदा त्यसमा एक किलो ग्राम सुन रहेको पुष्टि भएको हो । परीक्षणपछि सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको उनले बताए ।

बरामद गरगहनामा विभिन्न डिजाइनका ९ वटा हार, ८१ वटा औँठी, १३ वटा चुरा, चारवटा माला, हसुली किसिमका आठवटा सिक्री, पत्थरसहितका २० वटा झुम्का, २४ वटा झुम्का, १४ वटा गोली औँठी, एकवटा लकेट (जन्तर), १७ वटा पोते तथा २४ वटा सिक्री रहेका छन् ।

त्यस्तै, १८८ जोर बाली तथा जुली, पत्थरसहितका ६४ जोर टप, २२ वटा नाकफूली, दुईवटा पत्थरवाला हार, १० वटा साना झुम्का, ११ जोर कानबाली र आठवटा ब्रेसलेट समेत बरामद भएको छ ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएकी पटेल र बरामद गरगहनालाई आवश्यक कारबाहीका लागि असोज १५ गते भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाएको जनाएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामध्ये पर्ने बेलहिया क्षेत्रमा पछिल्लो समय अवैध रुपमा सुन तथा अन्य बहुमूल्य वस्तुको ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाउँदै आएको छ । यस घटनामा बरामद सुनको स्रोत, भन्सार प्रक्रिया तथा ओसारपसारको उद्देश्यबारे थप अनुसन्धान र कारबाही भन्सार कार्यालयबाट हुने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal