आज :

तीन जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्वार

  • अनलाइन डबली

हुम्ला । केही दिनअघि परेको अविरल वर्षासँगै आएको हिमपातले नाम्खा गाउँपालिका–६ लिमीको हल्जी गाउँमा रोकिएका तीन जना विदेशी पर्यटकको हेलिकप्टरमार्फत उद्वार गरिएको छ । नाम्खाको लिमी उपत्यका भ्रमणका लागि गएका जर्मनी देशका तीन जना विदेशीको बिहिवार उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । असोज ९ गतेदेखि ११ गतेसम्म परेको हिमपातले सडकमा बाक्लो हिउँ जमेर सडक अवरुद्ध हुँदा लिमीको हल्जी गाउँमा रोकिएका पुरुष फाबियन उर्‌लिख, जोनास उर्‌लिख र विल्हेल्म उर्‌लिखलाई उद्वार गरिएको हो ।

हिउँ परेर विदेशी नागरिक आवातजावत गर्न नसक्ने भएपछि बिहिवार दिउँसो उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए ।

विदेशी नागरिकलाई सिम्रिक एयरको ९ ए–एकेडी हेलिकप्टरमार्फत उद्धार गरिएको उनले बताए । उनीहरुलाई हल्जी बाट उद्वार गरि सिमकोट विमानस्थलमा टेकअप गर्दै सुर्खेत लगिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal