आज :

दम्पतीको हत्यारा अझै पत्ता लागेन, अनुसन्धान जारी

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा अझै पत्ता लागेको छैन ।

गत कात्र्तिक १८ गते राति सो ठाउँका श्रेष्ठ दम्पतीको लुटेरा समूहले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको थियो । घटनाकाबारेमा अनुसन्धान भइरहेको भए पनि अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए ।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्ममा २१ लाई नियन्त्रणमा लिएर अनुसन्धान गसिसकेको र थप अनुसन्धानको काम जारी रहेकोे जनाएको छ । उनका अनुसार अहिलेसम्ममा २ पटक केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेर अनुसन्धान गरिसकेको छ ।

सो ठाउँका ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षिय रुकुमाया श्रेष्ठको घरभित्रै शव भेटिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal