आज :

लगातार १३ औं पटक युरोकपका लागि जर्मनी छनोट

काठमाडौं । जर्मनी लगातार १३ औं पटक युरोकप फुटबलका लागि छनोट भएको छ ।

गएराति भएको खेलमा बेलारुसलाई ४-० ले हराउँदै जर्मनी अर्को वर्ष हुने युरोकपका लागि छानिएको हो । समूहको अर्को खेलमा नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्दै नदेरल्याण्ड्स पनि युरोकप फुटबलका लागि छानिएको छ ।

गएरातिका खेलहरुपछि समूह ‘सी’ मा ७ खेलबाट जर्मनीले १८ अंक जोड्यो भने नेदरल्याण्ड्सले १६ अंक बटुल्यो । १३ अंक जोडेको नर्दन आयरल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

उता समूह ‘ई’ को खेलमा स्लोभाकियालाई ३-१ ले हराउँदै क्रोएसिया फाइनल चरणका लागि छानियो । यही समूहको अर्को खेलमा वेल्सले अजरबैजानलाई २-० ले हरायो ।

समूह ‘जी’ को खेलमा उत्तरी मेसेडोनियालाई २-१ ले हराउँदै अष्ट्रिया पनि युरोपकका लागि छानियो । यसअघि नै युरोकपमा छानिएको पोल्याण्डले गएराति इजरेललाई २-१ ले हराउँदा बेल्जीयमले रुसलाई ४-१ ले तथा स्कटल्याण्डले साइप्रसलाई २–१ ले पराजित गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal