
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ३ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा एक लाख ७० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला १ हजार ७० हजारमा कारोबार भएको थियो ।
यसैगरी सुनको मूल्य भने आज घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।