आज :

अत्याधुनिक हतियार दाङमा फेला

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा अत्याधुनिक हतियार फेला पारेको छ ।

प्रहरीले शुक्रबार बेलुकी गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमानामा रहेको बेवारिसे खाली गोठमा लुकाइ राखेको अवस्थामा गोलीसहित उक्त हतियार फेला पारेको हो ।

प्रहरीका अनुसार गोठमा पातपतिङ्गरले छोपेर सुटकेशभित्र राखिएको अवस्थामा एसएमजी राइफल ५ थान, उक्त राइफलमा लाग्ने म्याग्जिन १३ थान र उक्त राइफलमा प्रयोग हुने १९० राउण्ड गोली फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भट्टराईका अनुसार विशेष सूचनाका आधारमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले लुकाइ राखेको उक्त हतियार शुक्रबार बेलुकी करीब ६ः०० बजेतिर फेला पारेको थियो । ओसारपसारबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal