आज :

खोरमा बाँधेका ७ वटा बाख्राको घाटी काटिए

काठमाडौं । भोजपुरको पूर्वी अरुण गाउँपालिकास्थित जरायोटारमा केही व्यक्तिले सोमबार राति ३ जना कृषको खोरमा बाँधिराखेका बाख्राका घाटी काटिदिएका छन् ।

अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माको ३ वटा, भरत विश्वकर्माका ३ वटासहित ७ वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको छ ।

खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि त्यहाँका स्थानीयबासी त्रसित भएका छन् । बाख्रा काटिएपछि नेपाल कम्युनिष्ट पार्टी अरुण गाउँपालिका कमिटीले बुधबार विज्ञप्ति नै निकालेर दोषीको पहिचान गरी कारवाही गर्न माग गरेको छ ।

खर्काउनेमा ३ जना किसानका घरमा बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको पनि स्थानीय टीकाराम बराइलीले बताएका छन् ।

खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि प्रहरी चौकी जरायोटारको टोलीले अनुसन्धान अघि बढाएको छ । यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal