आज :

कालापानी-लिपुलेकको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैनः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले लिम्यिाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा देखिएको सीमा समस्यालाई अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन् । प्रचण्डले भारतले नेपालीभूमी मिचेर राजनीतिक नक्सा सार्वजनिक गरेसँगै देशमा चलेको आन्दालनलाई बेवास्तँ गर्दै प्रचण्डले अहिले नै चर्काउने बेला नभएको बताए ।

देशभर भारतीय अतिक्रमणविरुद्ध आन्दोलन चर्चिकै जाँदै गर्दा बसेको संसदको राज्ययवस्था समितिमा बोल्दै प्रचण्डले लिपुलेक, कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गरे झन् समस्या हुने बताए । उनले उत्तेजना फैलाएर समस्या समाधान नहुने समेत दाबी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, “सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन, अन्तर्राट्रियकरण गर्यो भने झन् समस्या पैदा हुन्छ ।” तर के समस्या हुन सक्छ भन्नेमा भने प्रचण्डले केही खुलाएनन् । प्रचण्डले पहिलो चरणमा कुटनीतिक पहल गरेर सीमा विवादको टुंगो लगाउनु पर्ने र त्यसबाट पनि नभएमात्रै अन्तर्राष्ट्रियकरण गरिनु पर्ने धारणा राखे ।

भारतीय अतिक्रमणलाई नै सहयोग पुग्ने गरी प्रचण्डले अभिव्यक्ति दिएका छन् । पार्टीका नेता–कार्यकर्ताहरुले भारतीय नक्सा खारेजीको माग गरिरहेको बेला प्रचण्डको अभिव्यक्तिको आलोचना भएको छ ।

बैठकमा सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धारणा राखेकी थिइन् । उनले भारतीय नक्सा गलत भएको बताएकी थिइन् ।

भारतले नोभेम्बर १ मा जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालभर विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal