आज :

जनप्रतिनिधि र विद्यार्थीले क्याम्पस अध्यक्षलाई दले कालोमोसो

झापा । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई जनप्रतिनिधि र विद्यार्थीले कालोमोसो दलेका छन् ।

सञ्चालक समितिले प्राध्यापक निस्काशन गरेको भन्दै आन्दोलनरत विद्यार्थीले चुडाललाई मोसो दलेका हुन् । १ महिनादेखि अनेरास्ववियू र क्याम्पस प्राध्यापक संघ आन्दोलनरत छन् ।

बिहान संचालक समितिको बैठकपछि अध्यक्ष चुडालमाथि अनेरास्ववियू निकट विद्यार्थीले मोसो दलेका हुन् । प्राध्यापकले तलब माग्दा प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनालाई जागिरबाट हटाएपछि क्याम्पसमा विवाद भएको थियो ।

विद्यार्थीले उनको पुर्नबाहलीको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए । बैठकमा क्याम्पस संचालक समितिले माग समाधान गर्न नसकेपछि विद्यार्थी आक्रोशित भए ।

तनाव रोक्न इलाका प्रहरी कार्यालयको टोली क्याम्पस प्राङ्गणमा पुगेको थियो । अध्यक्षलाई मोसो दल्ने विद्यार्थीहरु रोशन सुबेदी, नबिन राई, उत्सव बाँस्तोला, रविन गुप्ता, गोपी चापागाइँ, ऋिषिराम पोख्रेल, भीम पौडेल, र नारन पोख्रेलका नाममा अध्यक्ष चुडालले विर्तामोड इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

यस विषयमा बोल्दै क्याम्पस प्रमुख विकास उप्रेतीले शान्ति क्षेत्रमा आएर अभद्र व्यवहार गर्नेलाई आवश्यक कार्बाहीको माग गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal