आज :

सडकबारे विवाद, धारिलो हतियार टाउकोमा प्रहार

जनकपुरधाम । सडकको विषयमा विवाद हुँदा धनुषामा धारिलो हतियार प्रहार भई एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार साँझ सडकबारे विवाद हुँदा कमला नगरपालिका-३ लगका शत्रुधन महतोको टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको हो ।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ । उनीमाथि स्थानीय राजकुमार भण्डारी र अरुण भण्डारीले धारिलो हतियार प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय खजुरीका अनुसार उनीहरुलाई तत्कालै पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । घटनामा संलग्न अरुण पनि घाइते छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal