आज :

छायादेवी सेन्टरको विवादसम्बन्धी मुद्दाको फैसला आज

  • अनलाइन डबली

काठमाडौं । सर्वोच्च अदालतले छायादेवी सेन्टरको विवादसम्बन्धी मुद्दाको फैसला सोमबार आज (२४ मंसिरमा) सुनाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गएको मंगलबार १७ मंसिर सम्म बहस नोट बुझाउन आदेश पछि  एक दशकदेखि मुद्दाको सुुनुवाइ पूरा हुँदै आज निर्णय सुनाउन लागेको हो ।

बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान् बहाल अगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेका नाममा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै सो भवन भत्काउनुपर्ने माग गर्दै २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरी श्रेष्ठलगायत १५ थान मुद्दा सर्वोच्चमा परेको थियो । अदालतले सबै मुद्दा एकसाथ राखेर हेरिरहेको छ । सो पोखरी रहेको जग्गा १२ रोपनी १३ आना रहेको छ ।

लिच्छविकालीन सम्पदा, इतिहास मेटाएर व्यापारिक भवन छायादेवी कम्प्लेक्स बनाउने कार्यमा संलग्नलाई कारबाही गर्दै सो सम्पदा पुनः सरकारको स्वामित्वमा ल्याउनसमेत माग गर्दै सम्पदा सम्रक्षणका अगुवा तथा अभियानताहरुले आइतबार  प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले ‘छायादेवी कम्प्लेक्स बहिष्कार गरौं’, ‘कमलपोखरी पुनस्र्थापित गरौं’, ‘सम्पदा संरक्षण अभियानमा सबै नेपाली एक हौं’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

छायादेवी कम्प्लेक्स सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएकाले भत्काउनुपर्ने माग गर्दै सर्वोच्चमा आज ४१ औं पेसीमा निरन्तर सुनुवाइ हुन लागेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal