काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जिल्लाको माझिटार रहेको केन्द्रले जनाएको छ ।
यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको थियो भने पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो ।
पुस ३ गते बझाङमा ४.१, पुस ५ गते बाजुरामा ५.२, ९ गते दार्चुला केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।