आज :

आज विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन नेपाल आउँदै

काठमाडौं । विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टिम आज नेपाल आउँदै छ ।

नेपालविरुद्ध सिरिज खेल्न एमसीसी काठमाडौं आउन लागेको हो । एमसीसीले काठमाडौ र पोखरामा गरि ६ वटा खेल खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमले जानकारी दिएको छ ।

एक साता नेपालमा रहने टिमले राष्ट्रिय टिमसँग टी-ट्वान्टी, एक दिवसीय र फस्ट क्लास क्रिकेट खेल्नेछ । एमसीसीसँगको खेलका लागि नेपालले कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा टिम घोषणा गरेको छ ।

एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी-ट्वान्टी खेल्नेछ । एमसीसीको टिमले यू-१९ टिमसँग एकदिवसीय र पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ ।

एमसीसीका अधिकांश खेलाडी इंग्ल्याण्डको यू १९ टिमबाट खेलिसकेका छन् । एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो । यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको छ । नेपाल पनि एमसीसीको भ्रमण गरिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal