
काठमाडौँ । नेपाली सेनाका सदस्यहरुले एक महिलालाई कुटेर बेहोस बनाएका छन् । कञ्चनपुरमा जंगलबाट दाउरा ल्याएको भन्दै सेनाका जवानहरुले महिलालाई कुटपिट गरेका हुन् । बेहोस हुने गरी महिलालाई कुटेको भिडियो सामाजिक संजालमा भइरल भएको छ ।
भिडियोमा स्थानीय युवाहरुले सेनाका जवानहरुलाई कुट्बाट छुटाएका देखिएको छ । केही युवाहरुले त्यसको प्रतिवाद समेत गरेका छन् । महिला बेहोस छन्, उनलाई केही महिलाहरुले पानी हालिरहेका छन् तर होस आएको छैन ।
महिला बेहोस हुँदा समेत सेनाका जवानहरुले बडो गर्वको साथ किन जंगलमा गएर दाउरा ल्याएको त भन्दै कुटकुट भन्छन् । जंगलमा दाउरा नै ल्याएपनि नागरिकको सुरक्षाको जिम्मा लिएको सेनाले नै बेहोस हुने गरी कुटपिट गरेपछि स्थानीय आक्रोसित देखिएका छन् । महिलाहरुले आफूले जंगलबाट दाउरा नल्याएको भिडियोमा भनेको देखिन्छ । आफूहरु पारी नगएको तर सेनाले वारी आएर एकाएक कुटेको महिलाहरुले बताइरहेकी छन् ।
नेपाल भारत सीमामा भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिक कुटिएको समाचार नेपाली संचारमाध्यम र नागरिकको लागि नयाँ होइनन् तर आफ्नै सेनाबाट एक महिला कुटिनु आपत्तिजनक विषय हो, त्यो पनि जंगलबाट दाउरा ल्याएको विषयमा ।
भिडियोको देखिएको दृश्य हेर्दा ठाउँ कञ्चनपुरको तराइतिरको सीमा क्षेत्र र महिला सुकुम्बासी हुन सक्ने अुनमान गर्न सकिन्छ । जंगलबाट दाउरा ल्याएको विषयमा बेहोस हुनेगरी कुटेको भिडियो सामाजिक संजालमा देखिएपछि आक्रोसित हुँदै धेरैले प्रतिक्रिया दिएका छन् । धेरैले भनेका छन्, “अरु देशका सेना दुश्मनसँग लड्छन्, हाम्रो सेना सुकुम्बासी महिलालाई कुटेर बहादुरीता देखाउँछ ।
भूकम्पलगायतका विपतमा नेपाली सेनाले गरेको कार्यबाट आम नेपालीले गर्व गरेका थिए भने यस्तो कार्यले लज्जित बनाएको छ ।
हेरौ भिडियो
कंचनपुरमा आर्मीले महिलालाई कुटेपछि महिला बेहोस…
Mahesh Pandey यांनी वर पोस्ट केले सोमवार, १५ जुलै, २०१९