आज :

छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जनालाई मृत्युदण्ड

काठमाडौं । बंगलादेशको एक अदालतले एक छात्रालाई जिउँदै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

१९ वर्षिय नुसरत जहाँ रफी नामकी ती छात्राले शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । गत अप्रिलमा राजधानी ढाकादेखि १६० किलोमिटरको दूरीमा रहेको फेनी नगरमा उनको हत्या भएको थियो ।

उनको मृत्युलाई आत्महत्या देखाउने प्रयाससमेत गरिएको थियो । नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी प्रधानाध्यापक र उनका दुई जना छात्रामाथि पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ ।

मृत्युदण्डको सजाय सुनाइएकाहरुमा स्थानीय राजनीतिक दलका नेतासमेत छन् । बंगलादेशमा यस्ताखालका मुद्दाको किनारा लाग्न वर्षौं लाग्ने गरेपनि नुसरतको मुद्दा भने निकै छिटो टुंगिएको छ ।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसको ११ दिनपछि उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चार पाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए ।

त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो । शरीरको ८० प्रतिशत जलेको नुसरतको घटनाको ४ दिनपछि मृत्यु भएको थियो । बंगलादेशलाई नै स्तब्ध बनाएको नुसरतको मृत्युपछि उनलाई न्यायको माग गर्दै व्यापक प्रदर्शनहरू भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal