
बैतडी । स्काभेटरले किच्दा बिहीबार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेलौली नगरपालिका-५ पेलेका ५५ वर्षिय शुक्रसिंह पुजारा रहेका छन् ।
मेलौलीको लामालेक-ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका उनको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ ।
लामालेक-ढणौन सडक निर्माणपछि एसके २२० केडी नं.को स्काभेटरलाई घर निर्माणका लागि खन्न उनले ल्याउँदै गरेको अवस्थामा बिहान ८ बजे पेले भन्ने स्थानमा खसेको प्रहरीको भनाइ छ ।
स्काभेटर चालक दशरथचन्द नगरपालिका-२ देहीमाडौंका ३० वर्षिय शेरीसिंह बोहरा फरार रहेका छन् । उनको खोजि भइरहेको र शव क्षतविक्षत अवस्थामा घटनास्थलमै रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।