
पाल्पा । मजदुरमाथि कुटपिट गरेको आरोपमा जनप्रतिनिधि पक्राउ परेका छन् ।
कुटपिट आरोपमा तिनाउ गाउँपालिका-६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट हुन् । स्थानीय छिमेकी ५१ वर्षिय मनवीर नेपालीलाई कुटपिट गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटना ४ दिन अघिको भए पनि पीडितले किटानी जाहेरी दिन आनाकानी गर्दा आरोपीतलाई पक्राउ गर्न ढिलाई भएको प्रहरीले स्वीकार गरेको छ ।
वडा सदस्य विष्टको घरमा काम गरेको ज्याला लिन जाँदा कुटपिट भएको पीडित नेपालीले बताएका छन् । पीडितको उजुरीका आधारमा विष्टलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालतबाट आरोपीत विष्टमाथि ८ दिनको म्याद थप गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए । उनीमाथि जातीय छुवाछुत तथा विभेदविरुद्धको मुद्दा दर्ता गरिएको छ ।