
अछाम । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङ घटनाको विरोधमा जिल्लामा विरोधका कार्यक्रम संचालन गरिरहेको छ । पार्टी केन्द्रले घोषणा गरेका कार्यक्रमअनुसार नेकपाल अछामले मशाल जुलुस, कोणसभाको आयोजना गरेको हो ।
प्रहरीले दाङमा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित २१ नेता-कार्यकर्ताको गिरफ्तारीको विरोधमा पार्टी केन्द्रले चक्का जामसहितका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेकपाको राप्ती ब्यूरोको बैठकले छापा हानेर उनीहरुलाई गिरफ्तार गरेको थियो । प्रहरीले वीरजंगसहित केन्द्रीय सदस्य तथा राप्ती इन्चार्ज सुवासलाई अधिकांश जिल्ला इन्चार्ज-सेक्रटरीलाई गिरफ्तार गरेको थियो ।
दाङ घटनाको विरोधमा नेकपाले कात्तिक ३ गतेदेखि १७ गतेसम्म चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको थियो । सोही कार्यक्रमअनुसार नेकपा अछामले कात्तिक ३ गते जुलुस र प्रदर्शन,५ गते कोणसभा र पिंढीसभाको आयोजना गरेको छ । कार्यक्रमलाई जनपरिषद् प्रमुख निरक शाहीले सम्बोधन गरेका थिए ।
केन्द्रीय कार्यक्रमअनुसार कात्ति ७ गते प्रधानमन्त्रीको पुत्ला जलाउने, ९ गते विरोधसभा, १५ गते मसाल जुलुस र १७ गते आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने तयारी रहेको नेकपा अछामले जनाएको छ ।
नेकपा अछामले जिल्लाभरी घरदैलो अभियान संचालन चलाइरहेको छ ।