काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा यही असोज २९ गते म्यानमार भ्रमणमा जाने भएकी छिन् ।
परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लागेकी हुन् ।म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जाने मन्त्रालयले जनाएको छ ।
म्यानमारमा रहँदा उनले त्यहाँका राष्ट्रपतिसँग द्विपक्षीयहितका सम्बन्धमा छलफल गर्ने, राष्ट्रपति भण्डारीलाई म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकीले स्वागत गर्ने, राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपतिले स्वागत समारोहसहित रात्रिभोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।