आज :

जुवा खेल्दै गरेका कांग्रेस सभापतिसहित ८ जना पक्राउ

उदयपुर । नेपाली कांग्रेसका जिल्ला सभापतिसहित ८ जना तास खालबाट पक्राउ परेका छन् ।

उनीहरु जुवा खेल्दै गरेको अवस्थामा गाईघाटस्थित एनआईसी बैंक रहेको घरबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस क्षेत्रिय सभापति त्रियुगा नगरपालिका-११ का बसन्त बस्नेत, सुमन्त कोईराला, दुर्गा श्रेष्ठ, किरण पाण्डे रहेका छन् । त्रियुगा नगरपालिका-१० बोक्सेका भबिन्द्र खत्री, त्रियुगा नगरपालिका-११ का यलराम भन्ने लुमुनिराम कार्की, बालकृष्ण कार्की र राजु राउत रहेका छन् ।

पक्राउ परेकामध्ये सभापति बस्नेत गत स्थानीय निर्वाचनमा त्रियुगा नगरपालिकाका लागि नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार हुन् भने कोईराला त्रियुगा वडा नम्बर-११ का लागि नेपाली कांग्रेसकै तर्फबाट वडा अध्यक्षका उम्मेद्वार हुन् ।

पक्राउ परेका लुमुनिराम कार्की एनआईसी बैक गाईघाट शाखाका प्रमुख हुन् । उनीहरुलाई आइतबार साँझ पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ । एसपी बुढामगरका अनुसार पक्राउ पर्नेहरुको साथबाट १ लाख ८० हजार ७ सय २० रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal