आज :

सिन्धुपाल्‍चोकमा बस दुर्घटना अपडेटः दशैं सकेर काठमाडौं फर्केका ६ जनाको मृत्यु, ५० घाइते

काठमाडौं । दशैं सकेर काठमाडौं फर्कने क्रममा सिन्धुपाल्चोकमा यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा भएको दुर्घटनामा परी अन्य ५० यात्रु घाइते भएका छन् । बस शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको सिन्धुपाल्‍चोक प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ । जसमा इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटी रहेका छन् । एकजनाको सनाखत हुन सकेको छैन ।

दशैं सकेर काठमाडौं फर्किने खचाखच यात्रु बोकेको बस सडकबाट ६० मिटर तल खसेर दुर्घटना भएको थियो । घटनास्थलमा घाइतेहरु यत्रतत्र छरिएको अवस्था स्थानीय र प्रहरीले उद्दार गरी अस्पताल पुर्‍याएका थिए । उद्दार सहभागीका अनुसार बसमा सवार सबै घाइते अवस्थामा छन् ।

क्षमताभन्दा बढी यात्रु हालेर बस काठमाडौं आइरहेको थियो । खचाखच यात्र भरिएकोले बसमा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन । बस दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal