आज :

साढे ५ वर्षदेखि फरार अभियुक्त पक्राउ

काठमाडौं । जिल्ला अदालत पर्साले ६ वर्ष कैद र १० हजार जरिवाना तोकेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साले ५ वर्ष ५ महिना ११ दिन अगाडि कसुरदार ठहर गरी कैद र जरिवाना तोकेका कसुरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी ५ वर्ष ५ महिना ११ दिनदेखि नै प्रहरीलको फरार सूचीमा थिए । पक्राउ पर्ने व्यक्ति पर्साको वीरगन्ज महानगरपालिका २३ का ३६ वर्षिय सोनालाल प्रसाद कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगन्ज १३ राधेमाई चोकमा निर्वाध हिडडुल गरिरहेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले कसुरदार कुशवाहालाई बुधबार राति नियन्त्रणमा लिएको हो ।

फरार कुशवाहलाई लागुऔषध खैरो हिरोइन मुद्दामा दोषी ठहर गर्दै पर्सा जिल्ला अदालतले २०७१ साल बैशाख ४ गते कैद र जरिवाना तोकेको थियो । बिहीबार नै पर्सा जिल्ला अदालतमा बुझाई प्रक्रियागत कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal